default_image

5 years ago

December 14, 2018

चेल्सी कमजोर भिडी एफसीसँग रोकियो

बुढापेस्ट (एजेन्सी) – इंग्लिस क्लब चेल्सी युइएफए युरोपा लिग फुटबलमा हंगेरीको भिडी एफसीसँग बराबरीमा रोकिएको छ । चेल्सी भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । भिडीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । ३०औं मिनेटमा विलियनको गोल मद्दतमा चेल्सीले खेलमा १–० को अग्रता बनाएको थियो । तर, त्यसको २ […]

25 views

0 Bookmark

बुढापेस्ट (एजेन्सी) – इंग्लिस क्लब चेल्सी युइएफए युरोपा लिग फुटबलमा हंगेरीको भिडी एफसीसँग बराबरीमा रोकिएको छ । चेल्सी भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।


भिडीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । ३०औं मिनेटमा विलियनको गोल मद्दतमा चेल्सीले खेलमा १–० को अग्रता बनाएको थियो । तर, त्यसको २ मिनेटपछि चेल्सीका इथान अमपाडुले आत्मघाती गोल गरेपछि भिडी खेलमा फर्किएको थियो ।

कर्नरबाट आएको बलमा रोलान्ड जुहास्जको वान टच फ्लिक प्रहार चेल्सीका इथान अमपाडुलाई लाग्दै गोलमा परिणत भएको थियो । ५६औं मिनेटमा लोइक नेगोले गोल गरेपछि चेल्सी खेलमा २–१ ले पछि परेको थियो । काउन्टर एट्याकमा जर्जी मिलानोभले उपलब्ध गराएको पासलाई लोइकले भली प्रहारमा गोल गरे ।

७५औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओलिभर जिरुडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको चेल्सी समुह ‘एल’ बाट समुह विजेता बन्यो । समुहमा एक खेलमा हार बेहोरेको चेल्सीले १६ अंक जोड्यो । ७ अंक जोडेको भिडी समूह चरणबाटै बाहिरियो ।

यही समूहको अर्काे खेलमा बेट बोरिसोभले पाओक फुटबल क्लबमाथि ३–१ को जित निकाल्दै समुह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । बोरिसोभको जितमा निकोलाए सिङभिचले २ तथा माकिसमले एक गोल गरे । पाओकका एलेक्ससन्डर प्रिजोभिकले सान्त्वना गोल गरे ।

जितपछि बोरिसोभको ६ खेलबाट ९ अंक जोड्यो । पाओक ३ अंक जोडेर पुछारमा रह्यो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.