default_image

5 years ago

December 14, 2018

मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरियो

एजेन्सी – इटालियन क्लब एसी मिलान ओलम्पियाकोससँग हार बेहोरेको छ । मिलानले ग्रीसको ओलम्पियाकोससँग ३–१ को हार बेहोरेको हो । यससँगै मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ । ओलम्पियाकोसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सबै चारै गोल नै दोस्रो हाफमा सम्भव भएको थियो । ६०औं मिनेटमा पापे अवाउ सेसेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका […]

21 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलान ओलम्पियाकोससँग हार बेहोरेको छ । मिलानले ग्रीसको ओलम्पियाकोससँग ३–१ को हार बेहोरेको हो । यससँगै मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ ।

ओलम्पियाकोसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सबै चारै गोल नै दोस्रो हाफमा सम्भव भएको थियो । ६०औं मिनेटमा पापे अवाउ सेसेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा क्रिस्टियन जापाटाले गोल गरेपछि घरेलु टोलीले खेलमा २–० को अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै क्रिस्टियन जापाटाले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, ८१औं मिनेटमा कोन्साटिनसले गोल गर्दै ओलम्पियाकोसलाई ३–१ को जित दिलाए । जितपछि ओलम्पियाकोस समूह ‘एफ’ बाट उपविजेताको रुपमा अर्काे चरणमा पुग्न सफल भयो ।

ओलम्पियाकोससँगको हारपछि मिलान अर्काे चरणमा पुग्न असफल बन्यो । मिलान हेड टु हेडमा ओलम्पियाकोससँग पछि पर्यो । ओलम्पियाकोसक र मिलानको समान १० अंक रहेको थियो ।

यो समूहबाट स्पेनिस क्लब रियल बेटिस समूह विजेताको रुपमा अर्काे चरणमा पुग्न सफल भयो । बेटिसले डुडेलांगेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.