काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध अग्रता लिएको छ । विशाल राईको गोलमा मनाङले १-० को अग्रता लिएको छ ।
मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि रेफ्रीले एडभान्टेज दिएपछि आडेलाजा सोमिडेको पासमा विशालले गोल गरेका हुन् ।
आर्मीले यस खेलमा लिगमा दोस्रो पटक आफ्ना तीनै फरवार्डलाई पहिलो रोजाईमा उतारेको छ । कप्तान भरत खवास, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की आर्मीको अग्रपंक्तिमा खेलिरहेका छन् ।