default_image

5 years ago

December 14, 2018

च्याम्पियन्स लिगमा स्पेनिस टोलीलाई कठिन ड्र पर्ने सम्भावना

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सोमबार अन्तिम १६ को ड्र हुँदैछ । उक्त ड्र मा स्पेनी टोलीलाई भने केहि कठिन ड्र पर्ने सम्भावना प्रबल रहेको छ । रियल म्याड्रिड र बार्सिलोना समूह विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेका हुन् । तर अन्य समूहमा इंग्लिस टोलीहरु समूह उपविजेता बन्दै अगाडी बढेपछि यी टोलीलाई कठिन ड्र […]

23 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सोमबार अन्तिम १६ को ड्र हुँदैछ । उक्त ड्र मा स्पेनी टोलीलाई भने केहि कठिन ड्र पर्ने सम्भावना प्रबल रहेको छ ।

रियल म्याड्रिड र बार्सिलोना समूह विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेका हुन् । तर अन्य समूहमा इंग्लिस टोलीहरु समूह उपविजेता बन्दै अगाडी बढेपछि यी टोलीलाई कठिन ड्र पर्ने सम्भावना बढेको हो । यता एटलेटिको भने समूह उपविजेता बनेसँगै युरोपका ठूला टोलीविरुद्ध खेल्नुपर्ने सम्भावना बढेको छ ।

स्पेनी टोलीको अवस्था कस्तो छ त ?

बार्सिलोना (स्पेन)

यूईएफए वरीयता : ३

सम्भावित प्रतिद्वन्द्वी : आयक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, रोमा, साल्का

सर्वाधिक गोलकर्ता : लिओनेल मेसी (६ गोल)

पछिल्लो सिजन : क्वाटरफाइनल

रियल म्याड्रिड (स्पेन, साविक विजेता)

यूईएफए वरीयता : १

सम्भावित प्रतिद्वन्द्वी : आयाक्स, लिभरपुल, लियोन, म्यानचेस्टर युनाइटेड, साल्का, टोटेनहम

सर्वाधिक गोलकर्ता : ग्यारेथ बेल, करीम बेन्जेमा (३ गोल)

पछिल्लो सिजन : विजेता

एटलेटिको म्याड्रिड (स्पेन)

यूईएफए वरीयता : ४

सम्भावित प्रतिद्वन्द्वी : बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर सिटी, पीएसजी, पोर्टो

सर्वाधिक गोलकर्ता : एन्टोइन ग्रिज्मन (४ गोल)

पछिल्लो सिजन : युरोपा लिग विजेता

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.