default_image

5 years ago

December 15, 2018

सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष फुटबलर घोषित

एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् । २६ वर्षीय सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टीलाई पछि पार्दै लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबल घोषित भएका हुन् । सलाहले मतका आधारमा चार खेलाडीलाई पछि पारेको हो । […]

31 views

0 Bookmark

एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् ।


२६ वर्षीय सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टीलाई पछि पार्दै लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबल घोषित भएका हुन् । सलाहले मतका आधारमा चार खेलाडीलाई पछि पारेको हो ।

बीबीसी अफ्रिकन फुटबलर अवार्ड बेलायती सञ्चार संस्था (बीबीसी)ले हरेक वर्ष प्रदान गर्दै आएको छ । मनोनयनमा परेका खेलाडीबाट अन्तिम चरणका लागि पाँच खेलाडीको छनौट अफ्रिकी फुटबलका विशेषज्ञको प्यानलले गरेका थिए । गएको सिजन सालहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका थिए ।

बीबीसी अफ्रिकन फुटबलर अवार्डको अहिलेसम्मका विजेताहरु
२०१७– मोहम्मद सलाह (लिभरपुल/इजिप्ट)
२०१६ – रियाद महारेज (लेस्टर सिटी/अल्जेरिया)
२०१५– याया टाउरे (म्यानचेस्टर सिटी/आइभोरीकोस्ट)
२०१४– यासिन ब्राहिमी (पोर्टाे/अल्जेरिया)
२०१३– याया टाउरे (म्यानचेस्टर सिटी/आइभोरीकोस्ट)
२०१२– क्रिस काटोङ्गो (हेनन कन्सट्रक्सन/जाम्विया
२०११– एन्ड्रि एयु (मार्सेली/घाना)
२०१० – आसामोह जियान (सन्डरल्यान्ड/घाना)
२००९ – डिड्रियर ड्रोग्वा (चेल्सी/आइभोरीकोस्ट)
२००८ – मोहम्मद अवउट्रिका (अल हेली/इजिप्ट)
२००७ – इमान्युयल एडेवायर (आर्सनल/टोगो)
२००६ – मिचेल इसेन (चेल्सी/घाना)
२००५ – मोहम्मद बाराकात (अल हेली/इजिप्ट)
२००४ –जय–जय ओकोचा (बोल्टन/नाइजेरिया)
२००३ –जय–जय ओकोचा (बोल्टन/नाइजेरिया)
२००२ – अल हाड्जी डियुफ (लिभरपुल÷सेनेगल)
२००१ – सामी कुफोर (बायर्न म्युनिख/घाना)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.