default_image

5 years ago

December 15, 2018

थ्री स्टार लिगमा मनाङ पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्बले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सातौं जित दर्ता गर्दै शीर्षस्थानको सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब बनाइ राखेको छ । अपराजित रहेको मनाङ अहिले सम्म खेलका सबै ८ खेल जित्दै शीर्षस्थानमा रहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो । रञ्जित धिमालको गोलमा शनिबार मछिन्द्र क्लबलाई […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्बले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सातौं जित दर्ता गर्दै शीर्षस्थानको सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब बनाइ राखेको छ । अपराजित रहेको मनाङ अहिले सम्म खेलका सबै ८ खेल जित्दै शीर्षस्थानमा रहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो ।

रञ्जित धिमालको गोलमा शनिबार मछिन्द्र क्लबलाई १–० ले हराउँदै थ्री स्टारले मनाङलाई पछ्याई रहेको छ । २१ अंकसहित थ्री स्टार दोस्रो स्थानमा उक्लिदा समान अंकको सिमएमजी क्लब संकटा तेस्रो स्थानमा झरेको छ । अन्तिम ५ चरणको खेल बाँकी रहँदा उपाधि होड भने रोमाञ्चक बनिरहेको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको दास्रो खेलमा थ्री स्टार क्बलले मच्छिन्द्रलाई हराएको हो ।

खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलनै खेलको निर्णायक बन्यो । नीराजन खड्काको प्रहारमा पेनाल्टी बक्स भित्र रहेका मच्छिन्द्रका रक्षक अन्जन देवकोटाको ह्यान्ड भएपछि थ्री स्टारले पेनाल्टीमा गोल गरेको थियो । रञ्जितको पेनाल्टी प्रहारमा मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहि जज गरेपछि बलमा हातमा लाग्दै गोल भएको थियो ।

रञ्जित जारी लिगमा उच्चकर्ता हुन् । आठौं चरणको खेलमा आइपुग्दा उनको गोल संख्या ७ पुगेको छ । मनाङ मस्याङ्दीका अन्जन विष्ट्को नाममा ५ गोल छ ।थ्री स्टारले थप केहि गोलको अवसर पाएको थियो । तर सफल हुन सकेन । २१ औं मिनेटमा थ्री स्टारका सुनिल बलको कर्नरमा रञ्जन विष्टको हेड विपक्षी गोलकिपरले रोके ।

त्यस्तै २८ औं मिनेटमा अनिल गुरुङले हेड गरेको बल गोलमा परिणत हुन सकेन । ३५ औं मिनेटमा अवाङ अलबर्टको शक्तिशाली प्रहारलाई विपक्षी गोलकिरले पन्च गरे । त्यसअघि आजै भएको पहिलो खेलमा दस खेलाडीमा सिमिति च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.