default_image

5 years ago

December 25, 2018

‘स्कीलको आधारमा मेसी र रोनाल्डोलाई मात्र अवार्ड दिए हुन्छ’ !

म्याड्रिड (एजेन्सी)– ब्यालोन डी ओर विजेता रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड समारोहमा लियोन मेसी र क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेमा गुनासो गरेका छन् । डिसेम्बरको सुरुवातमा भएको अवार्डमा संयुक्त रुपमा १० पटकका विजेता रोनाल्डो र मेसी उपस्थित भएका थिएनन् । सन् २००७ पछि गत वर्ष सम्म रोनाल्डो र मेस्सीले मात्र ब्यालोन डी ओर जितेका थिए […]

19 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– ब्यालोन डी ओर विजेता रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड समारोहमा लियोन मेसी र क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेमा गुनासो गरेका छन् । डिसेम्बरको सुरुवातमा भएको अवार्डमा संयुक्त रुपमा १० पटकका विजेता रोनाल्डो र मेसी उपस्थित भएका थिएनन् ।

सन् २००७ पछि गत वर्ष सम्म रोनाल्डो र मेस्सीले मात्र ब्यालोन डी ओर जितेका थिए । विजेता खेलाडीका लागि मेसी र रोनाल्डोको अनुपस्थितिलाई मोड्रिचले अनुचित रहेको बताएका छन् । सो समारोहमा केलिएन एमबाप्पलेले कोपा ट्रफी र आडा हेगेरब्रेगले महिला ब्यालोन डी ओरतर्फको अवार्ड जितेका थिए ।

‘अवार्डको को किन आउँदैन म त्यस बारेमा केहि भन्नन सक्दिन । किनकी त्यो व्यक्तिको इच्छाको कुरा हो ,’ मोड्रिचले भने, ‘कोहि उपस्थित हुनु नहुनुले मलाई खास फरक पर्ने होइन ।’

मेसी र रोनाल्डो प्रति संकेत गर्दै उनले भनेका छन्, ‘उनीहरुले जित्दा अन्य खेलाडी अवार्डमा उपस्थित हुँदा उनीहरुलाई राम्रो लाग्थ्यो होला भन्ने मलाई लाग्छ । त्यस्तो नहुला अन्य खेलाडीका लागि सहि भएन । पछिल्लो एक दशक उनीहरुका समर्थन गर्ने, मतदान गर्ने वा अन्यलाई ठिक लाग्दैन । सबैले विनम्र हुनुपर्दछ । ‘

मेसीले बालोन डी ओरका लागि आफुलाई मत दिएको उल्लेख गर्दै रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । तर मोड्रिचले उनीहरु दुवै यो वर्ष अवार्डको हकदार नभएको विचार राखेका छन् । ‘मेसी र रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी हुन् । पछिल्लो एक दशक उनीहरुले नै फुटबलमा दबदबा बनाएका छन्,’ उनले भने, ‘उनीहरु अरु भन्दा निकै माथि छन् । तर यो सिजनका आधारमा दिइने मत हो । ‘

उनले खेलाडी, प्रशिक्षक, महान खेलाडी, पत्रकार र समर्थकले वर्षको प्रदर्शनका आधारमा मत दिने स्मरण गराए । ‘कि त यो प्रक्रिया सबै गलत हुनु पर्यो ,’ उनले थपे,’ स्कीलका आधारमा मात्र यो अवार्ड दिने हो भने यो प्रक्रिया रद्द गरेर सबै अवार्ड मेसी र रोनाल्डोलाई दिँदा हुन्छ ।’

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.