एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनलाई पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले वेर्डेर ब्रेमेनलई २–१ ले पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको हो ।
लिगमा अपराजित रहेको डर्टमन्डको १५ खेलबाट ३९ अंक पुगेको छ । यसक्रममा डर्टमन्डले १२ खेलमा जित र ३ खेलमा बराबरीको नतिजा निकालेको छ ।
जितसँगै डर्टमन्डले दोस्रो र तेस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाच र बायर्न म्युनिखलाई ९ अंकले पछि पारेको छ । मोन्चेनग्लाडवाच र बायर्नको समान ३० अंक छ । गोल अन्तरमा बायर्न तेस्रो स्थानमा छ ।
घरेलु मैदानमा डर्टमन्डलाई जिताउन फ्रान्सिस्को अल्कासेर र मार्काे रिउसले गोल गरे । पराजित टिमका म्याक्स क्रुसले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको २०औं मिनेटमा राफायल गुरेरोको पासमा फ्रान्सिस्को अल्कासेरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएको थिए । त्यसको ७ मिनेटपछि मार्काे रिउसले जाडन सान्चोको पासमा गोल गरेपछि डर्टमन्डले खेलमा २–० को अग्रता बनाएको थियो ।
३५औं मिनेटमा म्याक्सल गोल गर्दै वेर्डर ब्रेमेनलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड २–१ ले विजयी हुन सफल भयो ।
शनिबार राति नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले ह्यानोभरमाथि ४–० को फराकिलो जित निकालेको छ । बायर्नको फराकिलो तिमा जोसुवा किम्मिच, डेभिड अल्बा, सर्ज गनाब्री र रोबर्ट लेवान्डोस्कीले समान १ गोल गरे ।
बुन्डेस लिगाको अन्य खेलको नतिजा
नर्नवर्ग विरुद्ध वल्सवर्ग (०–२)
असवर्ग विरुद्ध साल्के (१–१)
फोर्टुना डुसेलडर्फ विरुद्ध फ्रेइवर्ग (२–०)
टीएसजी होफेनहाइन विरुद्ध बोरुसिया मोन्चेनग्लाडवाच (०–०)
स्टुटगार्ड विरुद्ध हर्था बर्लिन (२–१)