default_image

5 years ago

December 18, 2018

माउरिन्हो युनाइटेड प्रशिक्षकबाट बर्खास्त

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । खराब फर्मबाट गुज्रिरहेको युनाइटेड प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ३–१ ले पराजित भएको थियो । प्रिमियर लिगका पछिल्ला ६ खेलमा युनाइटेडले एक खेलमात्र जित्न सकेको थियो । लिगको छैटौं स्थानमा रहेको युनाइटेड छैटौं स्थानमा छ । शीर्ष ४ मा रहेको टोलीको भन्दा ११ अंक पछि […]

23 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । खराब फर्मबाट गुज्रिरहेको युनाइटेड प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ३–१ ले पराजित भएको थियो । प्रिमियर लिगका पछिल्ला ६ खेलमा युनाइटेडले एक खेलमात्र जित्न सकेको थियो ।

लिगको छैटौं स्थानमा रहेको युनाइटेड छैटौं स्थानमा छ । शीर्ष ४ मा रहेको टोलीको भन्दा ११ अंक पछि रहेको युनाइटेडका लिभरपुलभन्दा १९ अंकले पछाडि छ । ‘तत्काल लागु हुने गरि माउरिन्होले क्लब छाडेका छन्’ , युनाइटेडले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,’ क्लब उनलाई धन्यवाद दिनै उज्वल भविष्यको कामना गर्दछ । ‘

युनाइटेडले यो सिजनको अन्त्यसम्म कार्यवहाक प्रशिक्षक नियुक्त गर्ने सम्भावना छ । सन् २०१६ मा माउरिन्होले युनाइटेडको कमान सम्हालेका थिए । त्यसअघि चेल्सीलाइ ३ प्रिमियर लिग उपाधि दिलाएका माउरिन्होले इन्टर मिलानलाई पनि तीन उपाधि दिलाएका थिए । त्यस्तै रियल म्याड्रिडलाई पनि उनले ला लिगा उपाधि दिलाएका थिए ।

५५ वर्षीय माउरिन्होले ओल्ड ट्राफोर्डमा हुँदा लिग कप र युरोपा लिग जिताएका थिए । तर, यो सिजन युुनाइटेडले निकै खराव प्रर्दशन गरेको छ । लिगको छैटौ स्थानमा रहेको युनाइटेड शीर्षस्थानको लिभरपुल भन्दा १९ अंकले पछि छ ।

तीन वर्षअघि चेल्सीले पनि लगातारको खराब प्रदर्शनपछि माउरिन्होलाई डिसेम्बर १७ को दिन बर्खास्त गरेको थियो । युनाइटेडले उनको विकल्प खोजिसकेको छैन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.