default_image

5 years ago

December 19, 2018

बुन्डेसलिगामा डर्टमुन्डको पहिलो हार

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा सिजनको पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत मंगलबार राति भएको खेलमा डर्टमुन्ड घरेलु टोली फोर्टुना डुसेलडर्फसँग २–१ ले पराजित हुँदै सिजनको पहिलो हार बेहोरेको हो । डर्टमुन्ड खेलको २२औं मिनेटमा पछि परेको थियो । घरेलु टोलीले डुडी लुकेबाकियोको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा जिन जिम्मरले गोल […]

18 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा सिजनको पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत मंगलबार राति भएको खेलमा डर्टमुन्ड घरेलु टोली फोर्टुना डुसेलडर्फसँग २–१ ले पराजित हुँदै सिजनको पहिलो हार बेहोरेको हो ।

डर्टमुन्ड खेलको २२औं मिनेटमा पछि परेको थियो । घरेलु टोलीले डुडी लुकेबाकियोको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा जिन जिम्मरले गोल गरेपछि डर्टमुन्ड खेलमा २–० ले पछि परेको थियो । त्यसपछि ८१औं मिनेटमा पाको अल्कासेरले गोल गरेपनि टिमलाई जिताउन सकेनन् ।

जितपछि पनि डर्टमुन्ड १६ खेलबाट ३९ अंक जोडेर लिगको शीर्षस्थानमा यथावत छ । डर्टमन्डले बोरुसिया मोन्चेग्लाडवाचलाई ६ अंकले पछि पारेको छ । डर्टमन्डमाथि जित निकालेको फोर्टुना १५ अंक जोडेर १५औं स्थानमा यथावत छ ।

बुन्डेसलिगा अन्तरगत नै मंगलबार राति भएको खेलमा बोरुसिया मोन्चेग्लाडबाकले नुर्नवर्गलाई २–० ले पराजित गरेको थियो । जितपछि बोरुसियाले शीर्षस्थानको डर्टमुन्डसँगको दुरी ६ अंकमा झारेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.