एजेन्सी – डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्लेन्सलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
लिग कप अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले ओर्लेन्सलाई उसकै मैदानमा पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पीएसजीको जितमा एडिन्सन काभनी र मोसुवा डिवेले गोल गरे । पराजित टिमका लागि जोसेफ रोमेरिक लोपीले गोल गरे ।
पीएसजीले खेलको ४१औं मिनेटमा एडिन्सन काभनीको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोसेफले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, खेल सकिन ९ मिनेट बाँकी रहँदा मासुवा डिवेले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।