काठमाडौं (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र सुदूरपश्चिम स्पोर्टस क्लब ११ बुधबार कैलालीको गोदावरी नगरपालिकाको जोनापुरमा जारी मदरल्यान्ड युथ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
पिएफए अत्तरियाले चारपाते युवा क्लबलाई ३– १ ले हरायो । पिएफएलाई जिताउन नरेन्द्र रावलले २ र अशोक चौधरीले १ गोल गरे । म्यान अफ दी म्याच नरेन्द्रले ३१ औं र ३८ औं मिनेट र अशोकले ३२ औं मिनेटमा गोल गरे । चारपातेका लागि अजय थापाले १३ औं मिनेटमा गोल गरे ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयमा दुबै टोलीले १–१ बराबरी खेलेपछि टाईब्रेकरमा सुदूरपश्चिम –११ ले ३–१ को जित निकाल्यो । सुदूरपश्चिमका गोलकिपर अमानत सेखले ३ वटा पेनाल्टी रोकेका थिए । उनी खेलको म्यान अफ द म्याच भए ।
यसअघि नवदुर्गाका लागि बादल पाख्रिनले नवौं मिनेटमा गोल गरे भनेसुदुरपश्चिम– ११ का लागि विदेशी खेलाडी ओटोले ३० औं मिनेटमा गोल फर्काएका थिए । प्रतियोगिताको दुवै सेमिफाइनल बिहीबार हुनेछ ।
पहिलो सेमिफाइनल पिएफए अत्तरिया र सुदुरपश्चिम ११ बीच तथा अर्को सेमिफाइनल आयोजक मदरल्याण्ड युवा क्लब र फारवेष्ट पशुपतिबीच हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।