default_image

5 years ago

December 20, 2018

चेल्सी र टोटेनहम कारवाओ कपको सेमिफाइनलमा

एजेन्सी – लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले कारवाओ कपको सेमिफाइनलमा स्थान बनाएका छन् । चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी बोर्नमाउथलाई १–० ले तथा टोटेनहमले अर्काे प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई २–० ले पराजित गर्दै कारवाओ कप (इंग्लिस लिग) कपको अन्तिमा चारमा स्थान बनाउन सफल भएका हुन् । चेल्सीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा गोलका लागि […]

23 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले कारवाओ कपको सेमिफाइनलमा स्थान बनाएका छन् ।

चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी बोर्नमाउथलाई १–० ले तथा टोटेनहमले अर्काे प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई २–० ले पराजित गर्दै कारवाओ कप (इंग्लिस लिग) कपको अन्तिमा चारमा स्थान बनाउन सफल भएका हुन् ।

चेल्सीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी गोल गर्न असफल बनिरहेको थियो । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा इडेन हाजार्डले गोल गर्दै चेल्सीलाई लिग कपको सेमिफाइनलमा पुर्याए । उनले इमर्सनको पासलाई सदुपयोग गरेका थिए ।

बुधबार राति नै भएको अर्काे खेलमा ह्युङ मिन सन र डेल अलीको गोलको सहयोगमा टोटेनहमले आर्सनलमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । टोटेनहमका लागि खेलको २०औं मिनेटमा सनले गोल गर्दा ५९औं मिनेटमा डेल अलीले गोल गरेका थिए ।

यसअघि म्यानचेस्टर सिटी र लिग वान क्लब बर्टन अल्वियोनले सेमिफाइनलमा स्थन बनाइसकेका छन् ।

लिग कपको सेमिफाइनलमा सिटी र बर्टनले प्रतिस्पर्धा गर्दा अर्काे सेमिफाइनलमा चेल्सी र टोटेनहमबीच खेल हुनेछ । सेमिफाइनल पहिलो लेग ९ जनवरीमा हुनेछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.