एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ ।
बुन्डेसलिगा अन्तरगत बुधबार राति भएको खेलमा बायर्नले आरबी लेपिजिजलाई १–० ले पराजित गर्दै डर्टमन्डसँगको अंक दुरी ६ मा झारेको हो । डर्टमन्डको १६ खेलबाट ३९ अंक रहँदा समान खेलबाटै बायर्नले ३३ अंक जोड्यो । तर, बायर्न गोल अन्तरमा तेस्रो स्थानमा छ । बोरुसिया मोन्चेग्लाडवाच दोस्रो स्थानमा रहेको छ ।
घरेलु मैदान एलिनाज एरिनामा बायर्नलाई जिताउन फ्रान्क रिवेरीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रेनाटो साञ्चेज इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । आरबीका स्टेफन इसन्केर सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । पराजित आरबी लेपिजिज २८ अंकसहित चौथो स्थानमा छ ।