धनगढी (हाम्रो खेलकुद) – तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।
सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजना प्रतियोगिता पुस २४ देखि माघ ५ गते सम्म धनगढी रंगशालामा आयोजना गरिने सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको विजेताले २१ लाख १ तथा दोस्रो हुने टोलीले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिता विद्यागत उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको म्यान अफ दी म्याच १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेशको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी क्लब र आयोजक टोलीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि झन्डै १ करोड ४० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।