default_image

5 years ago

December 22, 2018

‘रियल फर्कने अहिले सोचेको छैन’- रोड्रिग्वेज

बर्लिन (एजेन्सी)– बायर्न म्युनिखका मिडफिल्डर हामेस रोड्रिग्वेजले रियल म्याड्रिड फर्कने विषयमा नसोचेको बताएका छन् । रियलबाट लोनमा बायर्न पुगेका उनको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । रोड्रिग्वेजले प्रशिक्षक निको कोभाकसँगको असमझदारी रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन् । रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानलाई प्रभाव पार्न असफल भएपनि रोड्रिग्वेज जर्मन च्याम्पियन टोलीमा आबद्ध भएका थिए […]

21 views

0 Bookmark

बर्लिन (एजेन्सी)– बायर्न म्युनिखका मिडफिल्डर हामेस रोड्रिग्वेजले रियल म्याड्रिड फर्कने विषयमा नसोचेको बताएका छन् । रियलबाट लोनमा बायर्न पुगेका उनको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । रोड्रिग्वेजले प्रशिक्षक निको कोभाकसँगको असमझदारी रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन् ।

रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानलाई प्रभाव पार्न असफल भएपनि रोड्रिग्वेज जर्मन च्याम्पियन टोलीमा आबद्ध भएका थिए । कोलम्बियन स्टारले रियल फर्कने विषय अस्वीकार गरेका छन् । तत्काल बायर्नका विषयमा बाहेक अरु केहि नसोचेको उनले बताएका छन् ।

‘बायर्न म्युनिख मेरो वर्तमान हो । जुनसम्म मेरो सम्झौता बाँकी छ,’ उनले भने, ‘म यहाँ ठिक र खुसी छु । जुनमा के हुन्छ त्यति बेला हेरौंला । अहिले बायर्न बाहेक अरु विषयमा सोचेको छैन । नयाँ वर्षबाट नयाँ हिसाबले अघि बढ्ने अपेक्षा गरेको छु ।’

रोड्रिग्वेजले पछिल्लो समय बायर्नमा पनि खासै मौका पाएका छैनन् । यद्दपी उनले टोलीका प्रशिक्षकसँग कुनै समस्या नभएको बताएका छन् । उनले भने, ‘बायर्न मजबुत टोली हो । अर्कोतिर प्रशिक्षकसँग मेरो कुनै समस्या छैन ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.