default_image

5 years ago

December 23, 2018

एमबाप्पेको गोलमा पीएसजी विजयी

पेरिस (एजेन्सी) – युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा नान्टेसलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एमबाप्पेले खेलको ६८औं मिनेटमा एकमात्र गोल गरेका थिए । उनले डि मारियाको पासमा बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलभर नै पीएसजीले […]

32 views

0 Bookmark

पेरिस (एजेन्सी) – युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा नान्टेसलाई १–० ले पराजित गरेको छ ।


घरेलु मैदानमा शनिबार राति भएको खेलमा एमबाप्पेले खेलको ६८औं मिनेटमा एकमात्र गोल गरेका थिए । उनले डि मारियाको पासमा बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलभर नै पीएसजीले नान्टेसविरुद्ध दवाव सिर्जना गरेपनि थप गोल निस्कन सकेन ।

जितपछि अपराजित रहेको पीएसजीले १७ खेलबाट ४७ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लिलेसँग १३ अंकको अग्रता बनाएको छ । पराजित नान्टेस २० अंक जोडेर १४औं स्थानमा छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.