एजेन्सी – फ्रान्क रिवेरीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा फ्रान्कफर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफर्टलाई ३–० ले हराएको हो ।
फ्रान्कफर्टको घरेलु मैदानमा बायर्नलाई जिताउन फ्रान्क रिवेरीले २ तथा राफिन्हाले १ गोल गरे । ३५औं मिनेटमा रोवर्ट लोवान्डोस्कीको पासमा फ्रान्क रिवेरीले गोल गरेपछि बायर्नले पहिलो हाफमा १–० को अग्रता बनायो ।
७९औं मिनेटमा जोसुवा किम्मिचको पासमा रिवेरीले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा २–० को अग्रता बनायो । ८९औं मिनेटमा थोमस मुलरको पासमा राफिन्हाले गोल गरेपछि बायर्नले खेल ३–० ले जित्न सफल भयो ।
जितसँगै बायर्नले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । बायर्नको १७ खेलबाट ३६ अंक रहँदा शीर्षस्थानको डर्टमन्डको समान खेलबाटै ४२ अंक रहेको छ । बायर्नसँग पराजित फ्रान्कफर्ट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।