default_image

5 years ago

December 23, 2018

फारवेष्ट पशुपति कपमा नवोबुद्धको विजयी सुरुवात

धनगढी (हाम्रो खेलकुद) – नवोबुद्ध युगा क्लब धनगढीले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रंगशालमा आइतबार भएको खेलमा गौरीगंगा नगरपालिकाको मसुरिया फुटबल एकेडेमीलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि थप समयमा नवोबुद्धले गोल थप्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । थप समयको […]

21 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नवोबुद्ध युगा क्लब धनगढीले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रंगशालमा आइतबार भएको खेलमा गौरीगंगा नगरपालिकाको मसुरिया फुटबल एकेडेमीलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि थप समयमा नवोबुद्धले गोल थप्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । थप समयको १० औं मिनेटमा सुरज महतोले गोल गरेपछि त्यसमै नवोबुद्ध विजयी भएको थियो ।

दीपेश रुम्बो गोलबाट खेलको दोस्रो मिनेटमा मसुरियाले खेलमा अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिक्न सकेन । पदक नेपालीले आठौं मिनेटमा नवोबुद्धका लागि बराबरी गोल गरे । सुरज खेलेको म्यान अफ दी म्याच घोषित भएका थिए ।

फारवेष्ट पशुपति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा सोमबार तीन वटा खेल हुनेछन् । पहिलो खेलमा नवदुर्गा युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुख्खड, दोस्रो खेलमा मनकामना युवा क्लब जुगेडा र वनदेवी युवा क्लब तेघरीबीच हुनेछ ।

त्यस्तै अर्को खेल गौरीगंगा–११ स्पोर्टस क्लब र सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास बीच हुने आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष हरि बोहोराले जानकारी दिए ।

पुस १४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । नेकपाका सुदुरपश्चिम अध्यक्ष कर्ण थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.