default_image

5 years ago

December 26, 2018

भारान र ग्रिजमनलाई पछि पार्दै एमबाप्पेलाई उपाधि

एजेन्सी – फिफा विश्वकप २०१८ को विजेता टोली फ्रान्सका युवा फरवार्ड किलियन एमबाप्पेले सन् २०१८ को उत्कृष्ट फ्रान्सेली खेलाडीको उपाधि जितेका छन् । उनले रियल म्याड्रिडका राफेल भारान र एन्टोइन ग्रिजमनलाई पछि पार्दै उपाधि हात पारेका हुन् । एमबाप्पे, ग्रिजमन र भारानले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण योगदान दिएका थिए । २० वर्षीय एमबाप्पेले केहि […]

30 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८ को विजेता टोली फ्रान्सका युवा फरवार्ड किलियन एमबाप्पेले सन् २०१८ को उत्कृष्ट फ्रान्सेली खेलाडीको उपाधि जितेका छन् । उनले रियल म्याड्रिडका राफेल भारान र एन्टोइन ग्रिजमनलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

एमबाप्पे, ग्रिजमन र भारानले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण योगदान दिएका थिए । २० वर्षीय एमबाप्पेले केहि साताअघि सम्पन्न ब्यालोन डी’ओरमा पनि मतको आधारमा चौथो स्थान हासिल गरेका थिए । उनले उत्कृष्ट युवा खेलाडी घोषित हुँदै कोपा अवार्ड पनि हात पारे ।

क्लबतर्फ एमबाप्पेको लागि सन् २०१८ निकै सुखद रहयो । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै फ्रान्सेली लिग, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले सबै प्रतियोगितामा गैरे ३४ गोल गरे । पछिल्लो वर्ष चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले सो उपाधि जितेका थिए ।

सन् १९५९ देखि प्रदान गरिँदै आएको यस पुरस्कारलाई प्रतिष्ठित फ्रान्स फुटबल म्यागजिनले आयोजना गर्दै आएको छ । विगतमा फ्रान्समा खेल्दै आएका फ्रान्सेली खेलाडीलाई मात्र मनोनयनमा राखिने गरिएको थियो । अहिले भने अन्य लिगमा खेल्ने खेलाडीलाई पनि मनोनयन गर्ने प्रावधान रहेको छ । अवार्डको छिनोफानो उपाधिकै पूर्व विजेता र म्यागजिनको सम्पादक समूहले गर्दै आएका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.