लन्डन (एजेन्सी) – फ्रान्सेली मिडफिल्डर पल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिलडमाथि ३–१ को सहज जित निकालेको छ ।
मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडको यो लगातार दोस्रो हो । युनाइटेडलाई अहिले अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजरले हेरिरहेका छन् ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा अर्काे एक गोल नेमान्जा मेटिकले गोल गरे । पराजित टिमका लागि माथियस जर्गेन्सनले सान्त्वना गोल फर्काए । २९औं मिनेटमा नेमानजा माटिकको गोलबाट युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यसपछिको दुवै गोल पोग्वाको नाममा रह्यो । खेलको ६८औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।
त्यसको १० मिनेटपछि नै पोग्बाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाएका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा हडर्सफिल्डका जोर्गेनसेनले एक गोल फर्काए ।
जितसँगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । हडर्सफिल्ड अंक तालिकाको पुछारमा छ ।
प्रिमियर लिगका अन्य खेलको नतिजा
फुलहम विरुद्ध वल्भ्स (०–०)
बर्नली विरुद्ध एभर्टन (१–५)
क्रिस्टल प्यालेस विरुद्ध कार्डिफ (०–०)