काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार जारी पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले नेपाल एपीएफ क्लबविरुद्ध १-० को अग्रता लिएको छ ।
च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुक्यो ।
३१ अौं मिनेटमा च्यासलले खेलमा सुरुवाती अग्रता बनायो । सन्तबहादुर गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरे । विश्व अधिकारीको प्रहार एपीएका सन्तोष कुमार कटुवालले रोकेपनि गोलरक्षक राजु योगी पोजिसनमा नभएको अवस्थामा सन्तबहादुरले गोल गरे ।
खेलको ४२ अौं मिनेटमा एपीएफले पेनाल्टी पाएपनि बराबरी गोल फर्काउन भने सकेन । सुदिप सिख्राकारको प्रहारलाई गोलरक्षक दिनेश थापामगरले अाफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे ।