default_image

5 years ago

December 31, 2018

‘नेयमार बार्सिलोना फर्के खुसी लाग्छ’ -मेसी

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई खुसी लाग्ने बताएका छन् । उनीले आफुले क्लब छाड्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पारेका छन् । सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार […]

35 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई खुसी लाग्ने बताएका छन् । उनीले आफुले क्लब छाड्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पारेका छन् ।

सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार पुनः पूर्व क्लब वा स्पेनकै अर्को बलियो टोली रियल म्याड्रिड फर्कन सक्ने अनुमान गरिएको थियो ।

मेसीले नेयमारसँगको पुर्नमिलन कठिन रहेको उल्लेख गर्दै भनेका छन्, ‘यदि त्यो सम्भव भए मलाई खुसी लाग्नेछ । यो कठिन छ । यदि उनी फर्के भने हामीलाई खुसी लाग्नेछ । उनी जस्तो खेलाडी ड्रेसिङ रुमा हुनुको ठूलो अथ छ । हामी साथी छौं । हामीले निकै राम्रा पलसँगै बिताएका छौं,’ मेसीले स्मरण गरे, ‘त्यसमा केहि दुःखत क्षण पनि छन् । तर पनि हामीले लामो समयसँगै बितायौं । उनले पहिलो क्लब छाड्ने विषय हाम्रा लागि सोच्न पनि कठिन थियो । तर उनी गए ।’

३१ वर्षे मेसीले भविष्यमा बार्सिलोना छाड्ने विषय पनि अस्वीकार गरेका छन् । ‘मैले परिवर्तन गर्नुपर्ने केहि छैन । म संसारको उत्कृष्ट टोलीबाट खेलिरहेको छु ,’ मेसीले भने,’ मैले क्लब वा लिग फेर्नुपर्ने कुनै कारण छैन । म घरमा छु र दुनियाँका उत्कृष्ट टोलीमा छु । त्यसैले परिवर्तनको कुनै कारण मैले देखेको छैन ।’

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.