default_image

5 years ago

December 29, 2018

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको कठिन जित

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्सले घरेलु मैदान आलियान्ज रंगशालामा साम्पडोरियालाई २-१ ले पराजित गरेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेका रोनाल्डोले खेलको सुरुवाती समयमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले तेस्रो मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरे । खेलको […]

23 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्सले घरेलु मैदान आलियान्ज रंगशालामा साम्पडोरियालाई २-१ ले पराजित गरेको छ ।

पछिल्लो समय निकै राम्रो लयमा रहेका रोनाल्डोले खेलको सुरुवाती समयमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले तेस्रो मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरे । खेलको ३३ औं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो । कर्नर बलमा एम्रे च्यानले ह्याण्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा साम्पडोरियाका भेट्रान स्ट्राइकर फाबियो क्वाग्लीआरेल्लाले बराबरी गोल गरे ।

दोस्रो हाफमा युभेन्ट्सले पनि पेनाल्टी मार्फत नै अग्रता लिएको थियो । युभेका मिरालेम प्यानिचले प्रहार गरेको कर्नरमा साम्पडोरियाका एलेक्स फरारीले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता पुन:स्थापना गरे । त्यसपछि डिबाला र ब्लेस माटुइडीको प्रहारलाई गोलरक्षक एमिल औडेरोले बचाए ।

साम्पडोरियाले दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगले उक्त गोल मान्य भएन । साम्पडोरियाका रिकार्डो सापोनाराले बराबरी गोल गरेको भन्दै खुसियाली मनाएपनि रेफ्रीले रिप्ले हेरेपछि उक्त गोलको निर्णय उल्टाएका थिए ।

यस नतिजासँगै युभेन्ट्सले लिगमा अपराजित यात्रा कायम राखेको छ । युभेले १९ खेलमा १७ जित र २ बराबरीसंगी ५३ अंक जोडेको छ । यता क्रिस्टियानो रोनाल्डोले पनि जारी लिगमा गोल संख्या १४ पुर्याएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.