default_image

5 years ago

December 30, 2018

मिलानको संघर्षपुर्ण जित

मिलानो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले एसपालमाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मिलानले १ गोलले पछि परेको स्थिति उल्ट्याएर एसपालमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा स्यामुयल क्यास्टेलेजो र गोन्जलो हिग्विनले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले एक गोल गरे । एसपालले खेलको […]

34 views

0 Bookmark

मिलानो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले एसपालमाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मिलानले १ गोलले पछि परेको स्थिति उल्ट्याएर एसपालमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

मिलानको जितमा स्यामुयल क्यास्टेलेजो र गोन्जलो हिग्विनले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले एक गोल गरे । एसपालले खेलको १३औं मिनेटमा एन्ड्रिय पेटाग्नाको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले थियागो सियोनेकको पासलाई गोलमा परिणत गरेका थिए ।

एक गोलले पछि परेपछि घरेलु टोलीले लगत्तै गोल फर्काउन सफल भयो । १६औं मिनेटमा स्यामुयलले बराबरी गोल फर्काएपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।

६४औं मिनेटमा गोन्जलो हिग्विनले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान २–१ ले विजयी हुन सफल भयो । खेलको अन्तिम समयमा घरेलु टोली मिलान १० खेलाडीमा समेटिएको थियो । मिलानका सुसो दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

जितपछि मिलान १९ खेलबाट ३१ अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित एसपाल १७ अंकसहति १६ औं स्थानमा छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.