default_image

5 years ago

December 30, 2018

रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकको खेल तालीका सार्वजनिक

पाँचथर (हाम्रो खेलकुद) – राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम सपोर्टिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको खेलतालीका सार्वजनीक भएको छ । यसपटक प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गर्ने भएको छ । फिदिममा पुस २१ गते देखि ३० गते सम्म आयोजना हुने गोल्डकपको खेलतालीका आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । यसपल्टको संस्करण […]

25 views

0 Bookmark

पाँचथर (हाम्रो खेलकुद) – राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम सपोर्टिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको खेलतालीका सार्वजनीक भएको छ । यसपटक प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गर्ने भएको छ ।

falgunanda

फिदिममा पुस २१ गते देखि ३० गते सम्म आयोजना हुने गोल्डकपको खेलतालीका आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । यसपल्टको संस्करण भने जिल्ला फुटबल संघ पाँचथर र फिदिम सपोर्टिङ क्लबले संयुक्त रुपमा आयोजना गर्ने आयोजकले बताएका छन् ।

फाल्गुनन्द गोल्डकपको दशौं सस्करण पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना हुँदैछ । एन्फाले यो सिजनमा दिएको समय तालीकाकोे पहिलो गोल्डकप फाल्गुनन्द गोल्डकप हुनेछ । फाल्गुन्नद गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्वाइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११, झापा ११, मोरङ ११, कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम सपोर्टिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् । भारतको रोयल दार्जीलिङ पनि सहभागी हुनेछ ।

आइतबार सार्वजनिक भएको खेल तालिका अनुसार २१ गते हुने उद्घाटन खेल झापा ११ र कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ बिच प्रतिस्पर्धा हुनेछ । २२ गते मोरङ ११ र आयोजक फिदिम स्र्पोटिङ क्लबले खेल्ने छन् । २३ गते सिधै क्वाटरफाइनल प्रवेश पाएको एपिएफ र कर्ण सिं सोनाम क्लब र झापा ११ को बिजेताले सेमिफाइनल प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछन् ।

२४ गते २२ गते को विजेतासँग त्रिभुवन आर्मी क्लबले सेमिफाइनल प्रवेशको लागी खेल्नेछ । २५ गते सुनसरी ११ र फेन्डस क्लब बिच प्रतिस्पर्धा हुनेछ । २६ गते रोयल दार्जीलिङ भारत र व्याइज युनियन बिच प्रतिस्पर्धा हुनेछ । २७ र २८ गते सेमिफाइनलका खेलहरु हुनेछन । ३० गते फाइनल हुने छ ।

पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले बताएका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.