default_image

5 years ago

January 5, 2019

ठूला खेलका नायक सर्जियो अगुएरो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे । सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे ।

सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका थिए । लिभरपुलविरुद्धको महत्वपूर्ण खेलमा गोल गरेसँगै अगुएरोले प्रिमियर लिगका ‘बिग सिक्स’ क्लब विरुद्ध ३७ गोल पुरा गरेका छन् ।

प्रिमियर लिगको ‘बिग सिक्स’ क्लबमा सिटीसहित लिभरपुल, चेल्सी, टोटेनहम, आर्सनल र म्यानचेस्टर युनाइटेडलाई मानिने गर्दछ । अर्जेन्टिनी फरवार्ड अगुएरो सन् २०११-१२ को सिजनमा सिटीमा आएयता बिग सिक्सविरुद्ध लगातार गोल गर्न सफल भएका छन् । उनले पछिल्लो पाँच सिजनमा बिग सिक्सविरुद्ध गोल गर्दै कीर्तिमान बनाउन सफल भएका हुन् । यही समयमा टोटेनहमका ह्यारी केनले २१ गोल पूरा गरेका छन् ।

सिटीका अगुएरोले लिभरपुल विरुद्ध ७ गोल गरेका छन् । अगुएरोले सबै ७ गोल घरेलु मैदान इतिहाद स्टेडियममा गरेका हुन् । अगुएरोले चेल्सी विरुद्धपनि ७ गोल गरेका छन् । सबैभन्दा धेरै टोटेनहमविरुद्ध १० गोल गरेको अग्विरोले म्यानचेस्टर युनाइटेडविरुद्ध ८ र आर्सनल विरुद्ध ५ गोल गरेका छन् ।

यही अवधिमा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वाइन रोनीको नाममा २० गोल छ । युनाइटेडकै रोविन भान पर्सीले १८ गोल गर्दा चेल्सीका इडेन हजार्डले १७ गोल गरेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.