एजेन्सी – हुवान माटा र रोमेलु लुकाकुको गोलमा म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको तेस्रो चरणको खेलमा युनाइटेडले रिडिङलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफा भएको हो ।
घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा खेलको २२औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।