एजेन्सी – इंग्ल्यान्ड तथा आर्सनलका युवा फरवार्ड जोसेफ विलकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई पराजित गरेको छ ।
एफए कप अन्तरगतको तेस्रो चरणको खेलमा आर्सनलले ब्ल्याकपुललाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा युवा फरवार्ड जोसेफले दुई गोल गरे । एक गोल एलेक्स इओवीले थपे ।
ब्ल्याकपुलको मैदानमा भएको खेलमा खेलको ११औं मिनेटमा जोसेफ विलकको गोलबाट खेलमा १–० को अग्रता बनाएको थियो । ३७औं मिनेटमा जोसेफले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो ।
८२औं मिनेटमा इओवीले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । जितपछि आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ ।