default_image

5 years ago

January 7, 2019

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

एजेन्सी – स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको मैदामा भएको खेलमा खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती […]

23 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ ।


स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको मैदामा भएको खेलमा खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

३९औं मिनेटमा अर्का फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झार्दै खेलमा फर्कने संकेत दिएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न नसक्दा बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जितपछि बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता ५ अंक बनाएको छ । शीर्षस्थानको बार्सिलोनालेको १८ खेलबाट ४० अंक पुगेको छ ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड सेभिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

सेभिल्लाका विसाम बिन याडर र एट्लेटिकोका एन्टोइन ग्रिजमनले गोल गरे । बराबरीपछि दोस्रो स्थानमा रहेको एट्लेटिको शीर्षस्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.