5 years ago
January 26, 2019
इटहरी (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट इटहरी रंगशालामा सुरु हुदैछ । इटहरी रंगशालमा आज हुने उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल टे«निङसेन्टरबीच खेल हुने खेल २ बजेपछि शुरु हुनेछ । क्यामरुनको दाफिन्स फुटबल टिमले नेपाल आइस सुदुपश्चिम खप्तड गोल्डकपमा पनि प्रतिस्पर्धा गरेका […]
इटहरी (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट इटहरी रंगशालामा सुरु हुदैछ ।
इटहरी रंगशालमा आज हुने उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल टे«निङसेन्टरबीच खेल हुने खेल २ बजेपछि शुरु हुनेछ ।
क्यामरुनको दाफिन्स फुटबल टिमले नेपाल आइस सुदुपश्चिम खप्तड गोल्डकपमा पनि प्रतिस्पर्धा गरेका थियो । क्वाटरफाइनलको संकटाविरुद्धको खेलको सुरुमै गोल खाएपछि क्यामरुनी टोली पहिलो खेलमै पराजित भएको थियो । यता, मेची नेत्रालयले भने सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए । यो खेलमा जित हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगितामा आइतबर ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङले राष्ट्रिय जागृति क्लब इटहरीसँग खेल्नेछ । गतवर्षको विजेता रुस्लान थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । यि दुई टोली आजै १०औं रुस्लान सिमरा गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गर्देछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा क्यामरुनको दाफिन्स फुटबल टिम, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आर्मी र थ्री स्टार रहेका छन् । समूह ‘बी’ मा मनाङ, राष्ट्रिय जागृति क्लब, नेपाल पुलिस क्लब र भुटान सिएफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले १६ लाख रुपैया हात पार्नेछ । गतवर्ष थ्री स्टारले मनाङलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिता १९ गतेसम्म सुनसरीस्थित इटहरी रंगशालामा हुनेछ ।
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]