default_image

5 years ago

January 26, 2019

एट्लेटिकोले बार्सिलोनासँगको दुरी २ मा छोट्यायो

एजेन्सी – एट्लेटिको मड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी २ मा झारेको छ । एट्लेटिकोको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक रहेको छ । बार्सिलोनाले आइतबार राति जिरोनासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा […]

37 views

0 Bookmark

एजेन्सी – एट्लेटिको मड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी २ मा झारेको छ ।

एट्लेटिकोको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक रहेको छ । बार्सिलोनाले आइतबार राति जिरोनासँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोलाई जिताउन एन्टोइन ग्रिजमन र साउल निग्वेजले गोल गरे । थोमसको पासमा एन्टोइन ग्रिनमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा साउलले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा घरेलु टोलीले बल पोजेसन राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको दुई गोल नै एट्टिकोको जितमा पर्याप्त बन्यो । खेलको अन्त्यतिर गेटाफे ९ खेलाडीमा समेटिएको थियो । गेटाफेका डिज्ने ८८औं मिनेटमा दोहोरो पहँेलो कार्ड तथा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियान्द्रो कावारेरा दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । एट्लेटिकोसँगको हारपछि गेटाफे ३१ अंक जोडेर छ्रैटौ स्थानमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा सेभियाले लेभान्टेलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । सेभियाले रियल मड्रिडलाई पछि पारेको हो । सेभियाले रियलसँगको अंक बराबरी गरेपनि हेड टु हेडमा तेस्रो स्थानमा उक्लिएको हो । सेभिया र रियलको समान ३६ अंक छ । रियले एक खेल कम खेलेको छ ।
सेभियाको फराकिलो जितमा विसाम विन यडर, आन्द्र सिल्भा, फ्रान्को भाज्क्वेज, पाब्लो साराविया र क्वीन्सी प्रोमेसले गोल गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.