default_image

5 years ago

January 28, 2019

चेल्सी एफए कपको पाँचौ चरणमा, टोटेनहम स्तब्ध

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्दा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । चेल्सीले घरेलु मैदानमा च्याम्पियनसिप क्लब सेफफिल्ड वेननस्डेलाई ३–० ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको हो । चेल्सीको जितमा ब्राजिली विलियनले दुई तथा हड्सन ओडोईले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा […]

19 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्दा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ ।

चेल्सीले घरेलु मैदानमा च्याम्पियनसिप क्लब सेफफिल्ड वेननस्डेलाई ३–० ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको हो । चेल्सीको जितमा ब्राजिली विलियनले दुई तथा हड्सन ओडोईले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले २६औं मिनेटमा विलियनको गोलबाट अग्रता बनाएको थियो । सेसरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा विलियनले गोल गरेका थिए ।

६४औं मिनेटमा हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । उनले आन्द्रियस क्रिसटेन्सेनको पासलाई गोलमा परिणत गरेका थिए । ओलिभर जिरुउडको पासमा ८३औं विलियनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

एफए कपको अर्काे खेलमा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग २–० ले स्तब्ध बन्यो । टोटेनहमलाई स्तब्ध बनाउन कोनोर विकहम र एन्ड्रोस टाउनसेन्डले गोल गरे । खेलभर टोटेनहमले दवाव बनाएपनि गोल गर्न असमर्थ बन्यो ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.