लामोसाँघु (हाम्रो खेलकुद)– प्रथम सेतीदेवी अशोक शंकर स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको पहिलो दिन सदाबहार एकेडेमी विजयी भएको छ ।

सिन्धुपालेकस्थित लामोसाँघुमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सदवहारले प्राइभेट प्यारायाइस स्कुलाई ३–० ले हराएको छ ।
युथ स्पोर्टस क्लबको आयोजना भएको प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको बतएको छ । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा बुधबार बनसाघु मावि र समता स्कुल मेलम्ची तथा शारदा मावि र महेन्द्रदोय माविबीच प्रतिस्पर्धा हुने आयोजक टोलीले जनाएको छ ।