धनकुटा (हाम्रो खेलकुद) – धनकुटाको पाख्रीबास नगरपालिकामा सुरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नं ८ विजयी भएको छ । वडा नं ८ ले वडा नं ७ लाई ६–० को फराकिलो अन्तरले हरायो ।

विजयी टोलीका लागि प्रज्वल राईले ह्याट्रिक गरे भने विश्वकुमार राईले २ र कुशल भण्डारीले १ गोल गरे । वडा नं १ र वडा नं ४ बीचको खेल चल्दै गर्दा साँझ परेपछि खेल स्थगित भएको आयोजकले जनाएको छ । खेल स्थगित हुँदा वडा नं १ ले १–० को अग्रता लिएको थियो ।

माघ २५ गते सम्म चल्ने प्रयिोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले समान १० हजार रुपैयाँ पाउनेछन् । उद्घाटनका दौरान मैत्रीपूर्ण खेलमा कर्मचारी टोलीले जनप्रतिनिधि टोलीलाई ५–० ले हरायो ।