default_image

5 years ago

February 2, 2019

फर्साटिकर कपको उपाधि विश्वशान्तीलाई

दिपक न्यौपाने, बुटवल विश्वशान्ति युवा क्लब सालझण्डीले रुपन्देहीको फर्साटिकरमा सम्पन्न छैटौ टेन्सवर्ग फर्साटिकर कप २०७५ को उपाधि उचालेको छ । शनिबार भएको रोमाञ्चक फाईनल खेलमा सिद्धार्थ युवा क्लब बासगढीलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वशान्तिले पहिलोपटक उपाधि हात पार्न सफल भएको हो । उपाधिसंगै विश्वशान्तिले नगद १ लाख ५१ हजार, तथा उपविजेता सिद्धाथले नगद ७५ […]

18 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

विश्वशान्ति युवा क्लब सालझण्डीले रुपन्देहीको फर्साटिकरमा सम्पन्न छैटौ टेन्सवर्ग फर्साटिकर कप २०७५ को उपाधि उचालेको छ ।

शनिबार भएको रोमाञ्चक फाईनल खेलमा सिद्धार्थ युवा क्लब बासगढीलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वशान्तिले पहिलोपटक उपाधि हात पार्न सफल भएको हो । उपाधिसंगै विश्वशान्तिले नगद १ लाख ५१ हजार, तथा उपविजेता सिद्धाथले नगद ७५ हजार ५ सय, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो ।

दर्शकको राम्रो सहभागीता रहेको हेर्नलायक फाईनल खेलमा विश्वशान्तिका विश्वास श्रेष्ठले खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा फर्कने सिद्धार्थका धेरै प्रयासहरु सफल हुन सकेन । खेलको ७६ औ मिनेटमा विश्वशान्तिका पुरन घिमिरेले विजयी गोल गरेका थिए ।

प्रतियोगितामा सिद्धार्थ युवा क्लबका बेलप्रसाद गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी, विश्वशान्तिका विश्वास श्रेष्ठ हाई स्कोरर, सिद्धार्थ युवा क्लबका शिव गुरुङ्ग उत्कृष्ट गोलकिपर, फर्साटिकरका आयुष आचार्य राइजिङ्ग प्लयेरबाट पुरस्कृत भएका थिए ।

गतवर्ष भने आयोजक फर्साटिकरले उपाधि जितेको थियो । एक कार्यक्रमका बिच क्लबका अध्यक्ष मुकेश कुवर, शुद्धोदन गाउपालिका अध्यक्ष किशुनचन्द चौधरी, जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी, क्लबका संरक्षक चक्रबहादुर कुवर, सल्लाहकार मित्रबन्धु गौडेल, उपाध्यक्ष अर्जुन थापा क्षेत्रीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । रुपन्देहीमा स्थानीय खेलाडीहरुलाइ प्रोत्साहन गर्न फर्साटिकर कपले ठुलो योगदान रहँदै आएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.