default_image

5 years ago

February 4, 2019

अग्विरोको ह्याट्रिकमा सिटीद्धारा आर्सनल पराजित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए […]

31 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । ११औं मिनेटमा कोसिन्लीले बराबरी गोल फर्काएका थिए ।

४४औं मिनेटमा अग्विरोले रहिम स्टर्लिङको पासमा अग्विराले गोल गर्दै सिटीललाई पहिलो हाफमा २–१ ले अघि बढाए ।६१औं मिनेटमा अग्विरोको ह्याट्रिक गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको २५ खेलबाट ३९ अंक पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । सिटीसँग पराजित आर्सनलको छैटौ स्थानमा झरेको छ । आर्सनलको ४७ अंक छ ।

प्रिमियर लिग अन्तरगत आइबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भयो । युनाइटेडको जितमा खेलको नवौ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टरको ४८ अंक रहेको छ । लेस्टर ३२ अंकसहित ११औं स्थानमा छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.