default_image

5 years ago

February 4, 2019

बेन्जेमा, भिनिसियस र मारियानोको गोलमा रियलको सहज जित

एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको रियल मड्रिडले लगातार पाँचौ जित निकाल्दै लयमा फर्किएको संकेत दिएको छ । रियले डिर्पोटिभो अलाभेसमाथि ३–० को सहज जित निकाल्दै यो सिजन लगातार पाँचौ जित निकाल्न सफल भएको हो । यो सिजन रियलले यसअघि लगातार चार खेलमा जित हात पारेको थियो । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति […]

48 views

0 Bookmark

एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको रियल मड्रिडले लगातार पाँचौ जित निकाल्दै लयमा फर्किएको संकेत दिएको छ । रियले डिर्पोटिभो अलाभेसमाथि ३–० को सहज जित निकाल्दै यो सिजन लगातार पाँचौ जित निकाल्न सफल भएको हो ।

यो सिजन रियलले यसअघि लगातार चार खेलमा जित हात पारेको थियो । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।

३०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले सर्जियो रिगुइलनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ८०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलले २–० ले अघि बढाए । उनले मार्काे एसेन्सियाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा वैकल्पिक खेलाडी मारियानो डियाजले अल्भेरो ओर्डिजोलाको पासमा गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए । मारियानो डियाज ७५औं मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । यससँगै रियलले पहिलो राउन्डमा बेहोरेको हारको बदला लिएको छ । रियल पहिलो राउन्डमा १–० ले पराजित भएको थियो ।

जितसँगै रियलले दोस्रो स्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । रियलको ४२ अंक पुगेको छ । एट्लेटिकोको ४४ अंक रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५० अंक रहेको छ । अलाभेस ३२ अंक जोडेर सातौ स्थानमा छ ।

आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग १–० ले पराजित भएसँगै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.