एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २-० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र अार्सनलले फराकिलो जित हात पारेका छन् ।

चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५७ अौं मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेल सकिन ६ मिनेट समय बाँकी रहँदा टोटेनहमका काइरान ट्रिपिएरले ब्याकपास दिएको बलमा गोलरक्षक ह्युगो लोरिससँग समन्वय नमिल्दा अात्मघाती गोल भएको थियो ।
बुधबारै अर्को खेलमा लिभरपुलले वाटफर्डलाई ५-० ले हरायो । साडियो मानेको दुई गोलमा बलियो पकड बनाएको लिभरपुलका लागि भर्जील भान डाइकले २ तथा डिभक अोरिजिले १ गोल थपे । यता सर्जियो अगुएरोको निर्णायक पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले वेष्ट श्याम युनाइटेडलाई १-० ले हरायो ।
अार्सनलले बर्नमाउथलाई घरेलु मैदानमा ५-१ ले हरायो । अार्सनलका लागि मेसुट अोजिल, हेनरिक मिखितार्यान, लौरेन्ट कोसिएल्नी, पिएर एमेरिक अौबामेयाङ र एलेक्जेन्डर लाकाजेटले १-१ गोल गरे । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसको मैदानमा ३-१ को जित दर्ता गर्दा रोमेलु लुकाकुले २ तथा एस्ली योङले १ गोल गरे ।
अंक तालिका :
१. लिभरपुल : २८ खेल ६९ अंक
२. म्यानचेस्टर सिटी २८ खेल ६८ अंक
३. टोटेनहम हट्सपर २८ खेल ६० अंक
४. अार्सनल २८ खेल ५६ अंक
५. म्यानचेस्टर युनाइटेड २८ खेल ५५ अंक
६. चेल्सी २७ खेल ५३ अंक