default_image

5 years ago

March 2, 2019

बर्नमाउथलाई हराउदै सिटी शीर्षस्थानमा फर्कियो

एजेन्सी – घरेलु टोली एफसी बर्नमाउथमाथि १–० को कठिन जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा रियाद महारेजको एकमात्र निर्णायक गोलमा सिटीले बर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको हो । खेलभर नै घरेलु टोली बर्नमाउथमाथि लगातार दवाव सिर्जना गरेपनि सिटीले पहिलो हाफमा गोल गर्न सकेको […]

36 views

0 Bookmark

एजेन्सी – घरेलु टोली एफसी बर्नमाउथमाथि १–० को कठिन जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा रियाद महारेजको एकमात्र निर्णायक गोलमा सिटीले बर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको हो ।

खेलभर नै घरेलु टोली बर्नमाउथमाथि लगातार दवाव सिर्जना गरेपनि सिटीले पहिलो हाफमा गोल गर्न सकेको थिएन । तर, बर्नमाउथले दोस्रो हाफमा सिटीलाई रोक्न सकेन ।

महारेजले ५५औं मिनेटमा डेभिड सिल्भाको पासमा गोल गरेका थिए । सोही गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।

जितसँगै सिटी २९ खेलबाट ७१ अंक जोडेर शीर्षस्थानमा फर्किएको छ । यद्दपि एक खेल कम खेलको लिभरपुलको ६९ अंक छ ।

आइतबार लिभरपुलले एभर्टनलाई पराजित गर्न सके लिभरपुलले पुनः १ अंकको अग्रता बनाउने छ । हार या बराबरीले सिटी नै शीर्षस्थानमा रहने छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.