default_image

5 years ago

March 3, 2019

एमबाप्पेले पीएसजीलाई जिताए

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत शनिबार पेरीस सेन्ट जर्मेन (पीएसजी) ले केनलाई २-१ ले पराजित गरेको छ । अंक तालिकाको १८ औं स्थानमा रहेको केनले खेलको ५६ औं मिनेटमा कसिमिर निंगाको गोलमा अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटमा नै एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए […]

32 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत शनिबार पेरीस सेन्ट जर्मेन (पीएसजी) ले केनलाई २-१ ले पराजित गरेको छ ।

अंक तालिकाको १८ औं स्थानमा रहेको केनले खेलको ५६ औं मिनेटमा कसिमिर निंगाको गोलमा अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटमा नै एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा तीन मिनेट समय बाँकी रहँदा पीएसजीले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै एमबाप्पेले पीएसजीको जित सुनिश्चित गरे ।

यस जितसँगै पीएसजीले लिगको शीर्षस्थानमा २० अंकको फराकिलो अग्रता कायम गरेको छ । पीएसजीको २६ खेलमा ७१ अंक रहेको छ । यसक्रममा टोलीले २३ खेलमा जित, २ बराबर र १ मात्र हार बेहोरेको छ । दोस्रो स्थानको लिलले भने २६ खेलमा ५१ अंकमात्र जोड्न सकेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.