एजेन्सी – फरवार्ड अल्भारो मोराटाले दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार एटलेटिको म्याड्रिडले रियल सोसिडाडको मैदानमा २-० को जित दर्ता गरेको छ ।

चेल्सीबाट लोनमा एटलेटिको म्याड्रिड पुगेका मोराटाले खेलको ३० औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै उनले अग्रता दोब्बर पारे । एटलेटिकोमा सुरुवाती खेलमा गोल गर्न नसकेका उनले पछिल्लो दुई खेलमा तीन गोल गरेका छन् । खेलको ६२ औं मिनेटमा कोकेले दोस्रो पहेंलो कार्ड खाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।
अंक तालिकामा एटलेटिको दोस्रो स्थानमा बलियो पकड बनाउन सफल रहेको छ । शीर्षस्थानको बार्सिलोनाभन्दा ७ अंक पछाडी रहेको एटलेटिकोले २६ खेलमा ५३ अंक जोडेको छ । तेस्रो स्थानको रियल म्याड्रिडले ४८ अंक बनाएको छ ।