default_image

5 years ago

March 5, 2019

आरसिटी ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको पुरानो र सबैभन्दा चर्चित मध्येको रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ । मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा आरसिटीले श्री भगवती युवा क्लबलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो । तर, रेलिगेसन विनाको लिग भएका कारण आरसिटीले च्याम्पियन भएर पनि ‘ए’ डिभिजनमा […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको पुरानो र सबैभन्दा चर्चित मध्येको रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा आरसिटीले श्री भगवती युवा क्लबलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो । तर, रेलिगेसन विनाको लिग भएका कारण आरसिटीले च्याम्पियन भएर पनि ‘ए’ डिभिजनमा उक्लन सकेन । सुपर लिगमा आरसिटी अपराजित रहँदै ३ खेलबाट ९ अंक जोडेर च्याम्पियन बन्यो । दोस्रो भएको श्री भगवतीले १ हार बेहोर्दै ६ अंक जोड्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन पहिलो हाफमा लोकेन्द्र बहादुर कार्कीले गरेको गोल नै निर्णायक बन्यो । लोकेन्द्रले खेलको २५औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।

टुसाल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै टुसाल तेस्रो स्थान हात पार्यो । टुसालका साजन सुनुवार राईले गोल गरे । दुवै टोलीले एक–एक गोल उपहार पाएको थियो । टुसालका प्रकाश भुजेलले आत्मघाती गोल गर्दा सातदोबाटोका भोजराज मगरले पनि आत्मघाती गोल गरेका थिए । टुसालले सुपर लिगमा ३ अंक जोड्यो । सातदोबाटोले अंक जोड्न सकेनन् ।

उपाधिसँगै आरसीटीले ८ लाख रूपैयाँ हात पार्यो । उपविजेता बनेको श्री भगवतीले ५ लाख रुपैया पायो । टुसालले ३ लाख र सातदोबाटोले २ लाख रुपैया हात पार्यो । विजयी टिम तथा खेलाडीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.