एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इंग्लिस क्लब टोटेनहम हस्टपरको सामना गर्दैछ ।

खेल डर्टमन्डको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुनेछ । डर्टमन्ड पहिलो लेगमा ३–० ले पछि छ । यस्तो अवस्थामा डर्टमन्ड उत्कृष्ट पूनरागमनको जितसहित दोस्रो लेग आफ्नो पक्षमा पार्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मार्काे रिउस, मारियो गोट्जे, जाडोन सान्चो र क्रिस्टियन पुलिसिकले कुनैपनि बेला खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछ ।
इंग्लिस क्लबविरुद्ध जित निकाल्न डर्टमन्डलाई सहज हुनेछैन । डर्टमन्डले पछिल्ला १३ नकआउटमा १० खेलमा हार बेहोरेको छ । तीन खेलमा जित हात पारेको छ । टोटेनहमविरुद्ध तीनै खेलमा हार बेहोरेको छ । यही हारको जिन्कलाई डर्टमन्ड तोड्न चाहन्छ ।
यता टोटेनहम डर्टमन्डविरुद्ध लगातार चौथो जित निकाल्ने अभियानमा मैदान उत्रनेछ । यसअघिको सबै तीन भेटमा टोटेनहम विजयी भएको छ । टोटेनहम क्वाटरफाइनलमा पुग्नेमा आशावादी रहेपनि डर्टमन्डविरुद्ध सतर्क भने रहनेछ।