एजेन्सी – एन्जल डी मारियाले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत आइबार मार्सेलाई ३-१ ले पराजित गरेको छ ।

घरेलु टोली पीएसजीका लागि पहिलो हाफको इन्ज्युरी समयमा किलियन एमबाप्पेले सुरुवाती गोल गरेका थिए । उनको यो जारि सिजन लिगमा २६ औं गोल हो । तर दोस्रो हाफको पहिलो मिनेटमा नै भालेर जर्मनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा डी मारियाले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ६२ औं मिनेटमा मार्सेका गोलरक्षक स्टिभ मान्डान्डाले पेनाल्टी क्षेत्रबहिर आएर हातले बल समातेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए । उक्त फ्रिकिकलाई डी मारियाले गोलमा परिणत गर्दै ३-१ को जितनजिक पुर्याए ।
खेल सकिन केहि मिनेट बाँकी छँदा पीएसजीले पेनाल्टीको अवसर प्राप्त गर्यो । हिरोकी सकाईले एमबाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा एमबाप्पेको प्रहार वैकल्पिक गोलरक्षक योहान पेलेले बचाए ।
यस जितसँगै पीएसजी २८ खेलमा ७७ अंक जोड्दै अग्रता बढाउन सफल भएको छ । २९ खेलमा ५७ अंक जोडेको लिल दोस्रो स्थानमा छ ।