default_image

5 years ago

March 18, 2019

हेटौंडा गोल्डकपमा १० टोली, विजेताले ८ लाख पाउने

हेटौंडा (हाम्रो खेलकुद) – यसै साताबाट सुरु हुने दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ मा दश टोली सहभागी हुने भएको छ । प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो । प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र […]

24 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – यसै साताबाट सुरु हुने दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ मा दश टोली सहभागी हुने भएको छ ।

प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो । प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो ।

चैत ७ गतेबाट १६ गतेसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको खेल तालिका समेत आयोजक मकवानपुर जिल्ला फुटबल संघले सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले ८ लाख रुपौया हात पार्नेछन् । उपविजेताले ४ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०-२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगिता संयोजक प्रताप विष्टका अनुसार प्रतियोगिताका लागि भूगर्भ सिमेन्टले मुख्य प्रायोजन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले प्रतियोगिताका लागि आठलाख रुपैयाँ सहयोग गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगिताका लागि मकवानपुरका स्थानीय निकाय थाहानगरपालिकासहित आठवटा गाउँपालिकाले समेत नगद सहयोग उपलब्ध गराएका छन् । २०६४ सालमा आयोजना गरिएको शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगितालाई निरन्तरता दिनका लागि यसवर्षबाट प्रतियोगितालाई अगाडि बढाइएको हो । उक्त समयमा थ्रीस्टार क्लबले उपाधि जितेको थियो ।

हेटौंडामा प्रत्येक वर्ष आयोजना भइरहेको सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप प्रतियोगिता यसवर्ष प्राविधिक कारण नहुने भएसँगै फुटबल संघले यस प्रतियोगिता गरेको हो ।

प्रतियोगिताका लागि मैदानको स्तरोन्नति र अस्थायी प्याराफिट बनाउने काम भइरहेको संयोजक विष्टले जानकारी दिए । उनका अनुसार फलाम र बाँसको प्याराफिटमा बसेर दैनिक पाँचहजार जनाले खेलको अवलोकन गर्न सक्नेछ । ‘प्रतियोगिताको तयारी लगभग सकिएको छ । अब प्रतियोगितामा सहभागी हुन आउने टोलीको स्वागत गर्न मात्रै बाँकी रहेको छ ।

हामीले प्रतियोगितालाई भव्यरुपमा सञ्चालन गर्नका लागि विभिन्न उपसमिति समेत बनाएर अगाडि बढिरहेका छौं ।’, उनले भने ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.