विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका निम्ति नेपालले पहिलो सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे विराटनगरको शहिद रंगशालामा हुनेछ ।

खेलमा नेपालले विपक्षी श्रीलंकालाई कमजोर रुपमा नलिएको कप्तान निरु थापाले बताएकी छिन् । ‘ हामीले श्रीलंकालाई कमजोर रुपमा लिएका छैनौं । खेलअघि नै डोमिनेट गर्न खोज्दा मैदानमा प्रदर्शन बिग्रन सक्छ,’ उनले भनिन्, ‘ विगतको तुलनामा श्रीलंकाको आक्रमण र मिडफिल्ड केहि सुधारिएको पाएका छौं । हामी जितको लक्ष्य लिएर नै मैदान उत्रनेछौं ।’
कप्तान थापाका अनुसार नेपालको आक्रमण र डिफेन्स पछिल्लो समय केहि बलियो देखिएको छ । ‘हाम्रो आक्रमण र डिफेन्स बलियो पाटो हो । मिडफिल्डमा भने केहि सुधार हुन सक्छ । मिडफिल्डबाट आक्रमणमा राम्रो बल आउने हो भने हामीले अझै राम्रो नतिजा हासिल गर्न सक्छौं,’ उनले भनिन्, ‘ आक्रमणमा हामीले थप मिहिनेत गर्न पनि जरुरि छ । भोलिको खेलका लागि एक ढिक्का भएर नतिजा हासिल गर्नेछौं ।’
नेपाल र श्रीलंकाली हालसम्म ५ पटक एकआपसमा खेलेका छन् । सबै खेलमा नेपालले नै जित दर्ता गरको छ । पछिल्लोपटक नेपाल र श्रीलंकाको भेट भारतको सिलिगुडीमा भएको चौथो साफ च्याम्पियनसिपको समूह चरणको खेलमा भएको थियो जसमा नेपाल १-० ले विजयी रहेको थियो ।
यो पनि : गोल नखाई फाइनल पुग्ने नेपालको लक्ष्य
प्रशिक्षणको भिडियो :