default_image

5 years ago

March 21, 2019

एएफसी यू-२३ छनोटमा नेपाल र ओमान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा शुक्रबारदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार ७:१५ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले कुनै दबाब नलिई मैदानमा उत्रने बताए । ‘फिफा वरियता, पूर्वाधार, प्रदर्शनलगायत सबै […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा शुक्रबारदेखि सुरु हुने एएफसी यू२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार ७:१५ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालले कुनै दबाब नलिई मैदानमा उत्रने बताए । ‘फिफा वरियता, पूर्वाधार, प्रदर्शनलगायत सबै हिसावले ओमान र कतार हामीभन्दा बलिया छन् । हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं । सकारात्मक नतिजाको अपेक्षा राखेको छौं ,’ महर्जनले भने ।

प्रशिक्षक महर्जनले खेलाडीहरु स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए । प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको थियो ।

प्रशिक्षक महर्जनले पहिलो रोजाईको खेलाडी छनोट गर्न निकै कठिन भएको बताए । ‘अभ्यासमा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । मलाई सुरुवाती ११ तयार पार्न पनि कठिन भइरहेको छ । यो सकारात्मक कुरा हो,’ महर्जनले भने । नेपाली टोलीको कप्तानी विमल घर्तिमगरले गरिरहेका छन् भने राष्ट्रिय टोलीका अनन्त तामाङ, अन्जन विष्ट, सुमन अर्याल, कमल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङलगायत खेलाडी पनि टोलीमा छन् ।

नेपालको विपक्षी ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं । हिजो मात्रै हाम्रो राष्ट्रिय टोलीले अफगानिस्तानबिरुद्ध ५–० को जित हासिल गरेको छ । टिममा धेरैजसो नयाँ अनुहार छन् । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन्,’ उनले थपे, ‘हामीले एसियाडमा नेपालको खेल हेरेका छौं । नेपाल कमजोर टिम होइन ।’

बलियो टिम ओमानविरुद्ध नेपालले रक्षात्मक रणनीति लिने अपेक्षा गरिएको छ । काउन्टर एट्याकमा आक्रमण गर्ने नेपालले सेट पिसको भरपुर फाइदा उठाउनुपर्ने देखिन्छ । फिफा वरीयतामा ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन् । सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन् । सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ए मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेलमा आइतबार कतार र तेस्रोमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।


April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.