एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई यूईएफए च्याम्पियन्स लिगमा प्रतिबन्ध नहुने भएको छ । अनुशासन समितिले रोनाल्डोलाई २० हजार युरो जरिवाना गराउने निर्णय गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध युभेन्टसको पुनरागमनमा ह्याट्रिक गरेका रोनाल्डोलाई यूईएफएको अनुशासन समितिले कारवाही गर्ने निर्णय गरेको थियो । च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल हुँदा ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण समस्यामा परेका थिए ।
यससँगै रोनाल्डोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आयक्सविरुद्ध खेल्न पाउने छन् । युभेन्ट्सले रोनाल्डोको अनुपस्थितिमा सिरी ए अन्तर्गत यसै साता पहिलो खेल हारेको थियो । रोनाल्डोको उपस्थितिले युभेन्ट्सको च्याम्पियन्स लिग जित्ने आशामा थप सहयोग पुग्ने भएको छ ।
पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमिओनीले पनि त्यस्तै शैलीमा खुशी मनाउँदा उनले पनि २० हजार युरो जरिवाना तिर्नु परेको थियो ।