default_image

5 years ago

March 22, 2019

रासफोर्डले युरो छनोटको खेल गुमाउने

एजेन्सी – म्यानचेस्टर युनाइटेड तथा इंग्ल्यान्डका युवा फरवार्ड मार्कुस रासफोर्डले युरोकप छनोटको शुरुवाती दुई खेल गुमाउने भएको छ । रासफोर्डले प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको खेलमा चोट बोेकेका थिए । चोटका बावजुत पनि इंग्ल्यान्डले उनलाई विशेष उपचारसहित टिममा समावेश गरेका थिए । तर, फिट हुन नसकेपछि रासफोर्डले चेक रिपब्लिक र मोन्टेनेग्रोविरुद्धको छनोटका दुई खेल गुमाउने छन् […]

15 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड तथा इंग्ल्यान्डका युवा फरवार्ड मार्कुस रासफोर्डले युरोकप छनोटको शुरुवाती दुई खेल गुमाउने भएको छ ।

रासफोर्डले प्रिमियर लिग अन्तरगत लिभरपुलविरुद्धको खेलमा चोट बोेकेका थिए । चोटका बावजुत पनि इंग्ल्यान्डले उनलाई विशेष उपचारसहित टिममा समावेश गरेका थिए ।

तर, फिट हुन नसकेपछि रासफोर्डले चेक रिपब्लिक र मोन्टेनेग्रोविरुद्धको छनोटका दुई खेल गुमाउने छन् । २१ वर्षीय रासफोर्डको स्थानमा जर्मन क्लब बोरुसिया डर्टमन्डका जाडोन सान्चो र चेल्सीका कलुम हडसन ओडोइले मौका पाउन सक्नेछन् ।

युरो छनोटको समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले आज राति चेक रिपब्लिकसँग खेल्ने छ । त्यसपछि इंग्ल्यानडले २६ मार्चमा मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.